धादिङमा ट्रकको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
668 Views
धादिङ, २६ जेठ, धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेमा गएराती ट्रकको ठ*क्करबाट पैदलयात्री महिलाको मृ*त्यु भएको छ ।
गोर्खाको गण्डकी गाँउपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ बर्षीया राममाया विकको मृ*त्यु भएको हो ।
काठमाडौंबाट नारायणगढ तर्फ जादै गरेको ना८ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट गएराती साढे ९ बजे गम्भीर घाइते भएकी विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राती साढे १० बजे मृ*त्यु भएको हो ।
ट्रक सहित चालकलाई प्रहरीले नि*यन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस