आ’क्रम’णकारी बा’घलाई राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने सहमती
549 Views
बर्दिया, जेष्ठ २४ खोज मिडिया । बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्र’ह’रीको गो’ली लागेर सोमबार २४ वर्षीया नविना थारुको मृ’त्यु भएको थियो । उनको श’व गुलरिया अस्पतालमा राखिएको छ । बा’घ आ’तंक नि’यन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्र’हरी दमनबारे स्थानिय प्रशासनसँग सर्वपक्षीय रुपमा ५ बुँदे सहमती भएको थियो तर, सो सहमती मृ’तक’का परिवारले अस्विकार गरेका छन् ।
पीडित परिवारलाई तत्काल राहत दिने, घ’टनाबारे न्यायीक छानविन समिती बनाउने र गो’ली चलाउनेलाई का’रवाही गर्ने सहमती भएको हो । सर्वपक्षीय छलफलबाट मृ’त’कको सालिक बनाउनुपर्ने माग भएपछि मधुवन नगरपालिकाले सालिक बनाउने सहमती गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।
सोमबार बिहान बा’घको आ’क्रम’णबाट अस्मिता थारु घा’इते भएकी थिइन् । अस्मितालाई बा’घले आ’क्रम’ण गरेपछि स्थानीयले ‘बाघ आ’तंक रोक्न गरेको प्रदर्शनमा प्रहरीले गो’ली चलाएको थियो । पीडितलाई सहमती गर्ने प्रयास भइरहेको प्रजिअ बास्तोलाले बताए । प्रहरीको गो’ली लागेर नविनाको मृ’त्यु भएपछि लुम्बिनी प्रदेशका डीआईजी नल प्रसाद उपाध्याय घ’टनास्थ’लमा पुगेका थिए ।
झडपमा परेर ९ जना प्रहरी र एकजना आन्दोलनकारी घा’इते भएका छन् । घा’इतेलाई सरकारले उपचार गर्ने सर्वपक्षीय सहमती भएको छ । आ’क्रमण’कारी बा’घलाई राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने पनि सहमती भएको छ । स्थानिय राजनीतिक दलहरु र जिल्ला प्रशासन कार्यालयको बिचमा भएको सहमती पीडित पक्षले अस्विकार गरेको बताए ।
मृ’तकको टाउकोमा चो’ट लागेको छ । उनको पोष्टमार्टम हुन बाँकी छ । पीडित परिवार सहमत भएपछि पोष्टमार्टम गरिने लुम्बिनी प्रदेशका डीआईजी नल प्रसाद उपाध्यायले एक संचारकर्मीलाई बताएका छन् ।





प्रतिक्रिया दिनुहोस