बन्चरेडाँडामा फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप
890 Views
काठमाडौँ, जेष्ठ २४ खोज मिडिया । काठमाडौँको फोहोर फाल्न फेरि सकस देखिएको छ । बञ्चरेडाँडामा फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् ।
स्थानीय श्रीहरि ढकालले दिएको जानकारी अनुसार करिब दुई घण्टास्थानीय र प्रहरीबीच झ’ड’प भएको थियो । यसक्रममा प्रहरीले एक दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताएका हुन् । प्रहरीले अ’वरो’ध गर्ने स्थानीयलाई नियन्त्रणमा लिएपछि फोहोर फाल्ने तयारी गरिएको छ । यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।
ढकाल ले स्थानीय जनप्रतिनिधि र सरोकार समितिका प्रतिनिधि नराखी गरिएको सहमति आफूहरूलाई मान्य नहुने बताएका छन् । आफूहरूले राख्दै आएको माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान दोहोर्याएका हुन् । “केही दिन अघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आएर अब प्रहरी लगाएर फोहोर फाल्न लगाउँदैनौँ भनेर प्रतिबद्धता जनाएको थियो।” उनले भने, ‘हामी वहाँलाई सहयोग नै गर्ने पक्षमा थियौँ तर वहाँको प्रतिबद्धता एक हप्ता पनि टिकेन । उता मन्त्री रामकुमारी झाँक्रीले पनि आफू निकट मानिसहरूलाई मात्र राखेर सहमति गर्यो । त्यो हामीलाई मान्य छैन । यस्तै हो भने सदाका लागि यहाँ फोहोर फाल्ने बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।”





प्रतिक्रिया दिनुहोस