मुक्तकहरुको संगालो(विश्वराज रसाईली)
624 Views
(शुभ-दृष्टि)
ज्ञान,विज्ञान,विवेक,चेतनाको जगतमा शुभ वृष्टि हुनुपर्छ,,,!
युद्ध,अशान्ति,हिँसा हटेर एकआपासमा शुभ-सृष्टि हुनुपर्छ,,,!
कोरोना कहरले जिन्दगी क्षतविक्षत भएता पनि हरेश नखाई अगाडी बढ्ने प्रत्यकमा शुभ-दृष्टि हुनुपर्छ,,!
(सिलसिला)
देशको समस्यालाई बेवास्ता गरि छिमेकीको चाहना सम्बोधन हुन्छ ।
नेपाली युवाको श्रम,सीप, योग्यता र क्षमता पराई भूमिमा प्रशोधन हुन्छ ।
बन्दाबन्दीमा नागरिक भोकभोकै मरेको देख्दा-देख्दै पनि मुलिकको हितभन्दा व्यक्तिगत स्वार्थका लागि संविधान संशोधन हुन्छ।
(पद्धति)
सबै आफन्तजस्ता लागिरहे सम्वन्ध कोहि टुटेनन्,
जीवित छंदा मेरा लागि आफ्नो भन्ने कोहि जुटेनन्,
जिन्दगी पुरै राताझें बित्यो बिहान कहिल्ये देखिनन्,
मरेपछि लासमाथि फुल चढाउँन भने कोहि छुटेनन्,,।
ग(न)णतन्त्र
नेपालीको खाली पेट र नाङ्गो शरीर कहिले भर्छौ गर्णतन्त्र?
गुजाराको लागि बिदेसिने परम्पराको अन्त्य कहिंले गर्छौ गर्णतन्त्र?
नारायणहिटीबाट शितल निवास डेरा सरेको बाह्र वर्ष बितेछ ।
किशोर भएछौ मेरो गाउँ आउने साँघु कहिले तर्छौ गर्णतन्त्र?
(प्रचलन)
बलात्कृत नाबालिकालाई बलात्कारीकै जिम्मा लगाउँछन्,
सामाजिक विभेद र जातीय अपमानले हदैसम्म गलाउँछन्।
दोस जत्ति कम्जोर पक्षकै देख्न अभ्यस्त भएको यो समाज,
हत्यालाई आत्माहत्यामा परिणत गर्दै अभियुक्त बचाउँछन्।
(आक्रोश)
विश्वका असंख्य कर्मठ मानिसहरुको गासबास खोस्यौ तिमीले,
करोडौ बालबालिकाको भविष्यमाथि अन्योल्ता ठोस्यौ तिमीले,
मानव लासको खेति कहिले सम्म गरिरहन्छौ हे कोरोना?
पृथिवीबासीलाई बाँकी नराखी गोमन सर्प बनेर डस्यौ तिमीले।
(अनुरोध)
नेपालीलाई विश्वसामु सदा सर्वदा हरिकंगाल बनाउनेहरु,
सिद्धान्तको राजनीति त्यागेर गुटको राजनीतिमा रमाउनेहरु,
जनता बन्दाबन्दीका कारण भोकभोकै मार्दैछन् गाउँ सहरमा,
संकटमा त एक हुन सिक लुटको राजनीतिमा गनाउनेहरु,
(बन्दाबन्दी)
बन्दाबन्दी यहाँ भ्रष्टाचारीलाई निजी ढिकुटी भर्ने चन्दा भएको छ ।
बन्दाबन्दी कथित समाजसेवीलाई चुरीफुरी देखाउने धन्दा भएको छ ।
निरीह निमुखा सर्वसाधारण र मजदुरहरुका लागि भने,
बन्दाबन्दी अभिशापमात्र नभई यहाँ जीवन मरणकै फन्दा भएको छ ।





प्रतिक्रिया दिनुहोस