ट्रान्सपोर्टमा तो’डफो’ड र हा’तपा’त
522 Views
रुपन्देही, जेष्ठ २३ खोज मिडिया । पश्चिमाञ्चल ट्रक व्यवसायी समिति बुटवलका पदाधिकारीहरूले ट्रान्सपोर्टमा तोडफोड र हातपात गरेका छन् । रुपन्देहीको ओम तिया गाउँपालिका–२ पडसरीमा रहेको ढाक्रे ट्रान्सपोर्टमा भाडाको विषयलाई लिएर उनीहरुले तो’डफो’ड गरेका छन् । उनीहरुले पौडेल ढुवानीका प्रोप्राइटर गोपालबहादुर क्षेत्रीमाथि हा’तपा’त समेत गरेको प्र’ह’रीले जनाएको छ ।
पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताप कार्की, सेक्टर उपाध्यक्ष गणेश घिमिरे लगायतको टोलीले आफ्नो ट्रान्सपोर्टमा तो’डफो’ड गरेको ट्रान्सपोर्टका प्रोप्राइटर रामप्रसाद पन्थीले संचारकर्मीलाई जानकारी दिए । तो’डफो’डबाट सिसा, टेलिफोन, कुर्सी र सामानमा क्ष’ति पुगेको पन्थीले बताए ।
उनले पौडेल ढुवानीका प्रोप्राइटर गोपालबहादुर क्षेत्रीमाथि समेत हा’तपा’त भएको उनले बताए । ट्रान्सपोर्टमा तो’डफो’ड र हा’त’पा’त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले बताए । उनले ट्रान्सपोर्टमा तोडफोड भएको भन्दै प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको समेत जानकारी दिए ।सोही सहमतिको आधारमा ट्रान्सपोर्टमा २५ हजार दिइएको र त्यसलाई ट्रक समितिले नमानेको बताएको छ । यता पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका अध्यक्ष यम पाण्डेसँग प्रतिक्रिया लिनका लागि पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेको जनाए ।
उनले भने! “उहाँहरुले व्यक्ति नै किटेर निवेदन दिएको छ। हामी अब प्रहरीलाई घटनास्थल पठाउँछौ, अनि अरू प्रक्रिया अगाडि बढ्छ ।” आइतबार मात्रै पश्चिमाञ्चल ट्रक व्यवसायी समिति उद्योग वाणिज्य सङ्घका बीच भैरहवा–काठमाडौँको १० हजार टनको भाडा २८ हजार र वीरगन्ज–काठमाडौँको ३ हजार कम गर्ने सहमति भएको बताएको छ ।





प्रतिक्रिया दिनुहोस