चाँडो प्रतिवाद गर्दा पनि आलोचना, ढिलो गर्दा पनि आलोचना
424 Views
काठमाडौँ, जेष्ठ २३ खोज मिडिया । केही समय अगाडि एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा सौन्दर्य प्रतियोगिताका एक आयोजकले ८ वर्ष पहिले यौ’न दु’र्व्यव’हार गरेको खुलासा गरेकी छिन् । सन् २०१४ को सौन्दर्य प्रतियोगिता “मिस ग्लोबल इन्टरनेसनल” मा भाग लिने क्रममा आयोजकले आफूलाई ६ महिनासम्म यौ’न दु’र्व्यव’हार गरेको उनले आरोप लगाएको छ ।
बालिका ब’ला’त्कार गरेको अभियोगमा मनोज पाण्डे प’क्रा’उ परिसकेका छन् । साथै उनलाई अर्की युवतीले मा’नवबे’चबि’खन तथा ओ’सारप’सार ऐन विरुद्धको कसूरमा जा’हेरी दिएपछि अनुसन्धानका लागि प्र’हरीलाई अनुमति दिएको छ। हाल उनी टेकु परिसर कस्टडीमा छन् । पीडितलाई सहानुभूति त छँदैछ । तर सन् २०१४ मा भएको हिंसाबारे किन आज आएर भनियो ? आठ वर्षसम्म उनले के हेरेर बसिन् ? रिस उठे जतिबेला आरोप लगाउन पाइन्छ ? भन्ने प्रश्न पनि तेर्सिएका छन् ।
त्यसै गरी हालै सार्वजनिक स्थलमा दु’र्व्यव’हार गरेको भन्दै फिल्म “कबड्डी–४” की अभिनेत्री मिरुना मगर प्रतिकारमा उत्रिइन् । उनले एक युवकलाई फिल्म हल परिसरमै थप्पड हानेकी थिन । उनले प्रतिकार गरेको भिडिओ क्लिप सामाजिक सञ्जालमा शेयर भएपछि पक्ष र विपक्षमा बहस जारी छ । तिनै भिडिओ क्लिप हेरेर कतिपयले मिरुनाको पक्ष लिए भने कतिले आरोपित युवाको ।
जातीय तथा धार्मिक रूपमा वि’वाद नबढोस् भनेर अभिनेत्री मिरुनाले घ’टनाको भोलिपल्टै जेठ १७ गते युवकसँग सहमति गरिन् । युवाले गल्ती स्वीकार गरी माफी मागेको र मिरुनाले पनि आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घ’टनाबाट बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छन् । पीडकको आरोप लागेका फुर्वा तामाङ जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट तीन हजार धरौटीमा रिहा भएका छन् ।





प्रतिक्रिया दिनुहोस