नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट नयाँ मन्त्रि पठाउने निर्णय
541 Views
काठमाडौँ, जेष्ठ २२ खोज मिडिया । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो।
समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।
राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस