नायिका मिरुना र लामा गुरु फुर्बा तामाङ्गको विषयमा द्वन्द्ध नगराउन सुझाब(आराम तामाङ्ग)
702 Views
कास्की, जेष्ठ २१ खोज मिडिया । राप्रपा नेपालको संस्थापक रास्ट्रिय अध्य्क्ष आईत राम तामाङ्ग(आराम)ले अहिले देश भरि चर्चामा रहेको कबड्डी ४ फिल्मको नायिका “मिरुना थापा” र “लामा गुरु फुर्बा तामाङ्ग”को विषयमा द्वन्द्ध नगराउन सुझाब दिनुभएको छ ।
धादिङ्ग जिल्लामा जन्मिनुभएको तामाङ्ग हाल व्यवसायीक शिलशिलामा बैदेशिक भ्रमर्णको क्रममा हुनुहुन्छ । केहि समय पछि नेपाल आउने बताउनुभएको छ । यतिबेला नायिका र लामा को विषयमा चर्चा परिचर्चा भईरहेको विषयलाई लिएर उहाँ धेरै चिन्ततीत भएको बताउनुभयो । उहाँ आफै पनि बुद्धिस हुनुभएको कारणले गर्दा यो विषयलाई एउटा नायिकाले गरेको गल्ती र अन्जानमा भएको गल्ति सम्झेर बुद्ध धर्मले भने जस्तै अरुको थप्पड सहेर आँफु अगाडी बढेमा गौतम बुद्धको ज्ञानलाई पालना गरि बुद्धकै शरणमा रहदा उचित हुने बताउनुभयो ।
बुद्धको उपदेशले शान्ति,सहनसिलता हुनुपर्छ भन्ने विषयलाई मनन गरि यस विषयलाई लिएर विवाद नगरेको राम्रो हुने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।”गौतम बुद्ध त्यसै बुद्ध बनेको होइन हिंसा,अहमता,रिस हरेक कुराहरुलाई सुक्ष्म तरिकाले हेरेर आँफु सधै शान्तिको बाटो रचेर बुद्धत्व भावना लिएरनै” बुद्धको नामले प्रख्यात भएको कुरालाई मनन गर्दै नायिका र लामाको विषयमा द्वन्दा नगराउन सुझाब दिनुभएको हो ।
सधैंभरी देश र जन्ताको लागि चिन्तन गर्ने समाजसेवी आराम तामाङ्गले बुद्ध जन्मेको देशलाई कहिल्ये पनि द्वन्द नगराउन सुझाब दिनुभएको छ । शान्तिको बाटो अपनाई शान्ति रुपमा यो घटनालाई अन्त्य गराउनको लागि हरेक तहबाट सुझाब दिनुभएको उहाँले बताउनुभयो ।
बुद्ध जन्मेको देश नेपाल भनेर चिनिदा आँफुलाई गर्व लाग्ने बताउदै बुद्धको जस्तै स्वभाव लिएर बुद्धको भावलाई अर्पण गरि शान्ति ढंगले यो विवादलाई अन्त्य गराउनुपर्छ नत्र भने देशमा धर्म र जातीय द्वन्द हुन सक्ने भन्दै यस विषयलाई छिटो भन्दा छिटो शान्तका साथ घटनालाई अन्त्य गराउन सुझाब दिनुभएको छ ।
लामा गुरुले पनि अरुको खुसीको लागि थप्पड खाई अरुको भलाइको लागि लामा बन्नुनै महान्त हुने बताउनुभयो । दु:ख सहन सक्नु र अरुको हेपाइ सहन सक्नुनै बुद्धकोको उपदेश हो। यो विषयलाई विभिन्न राजनीतिक कर्ताहरुले राजीनितिक रुपमा द्वन्द नगराउन पनि सल्लाह दिनुभएको छ । अरुको भलाईको लागि थप्पड खाएर खुसि हुन सक्नुनै बुद्धको वास्तविक सिद्धान्त हो भन्दै यो विषयलाई अन्त्य गराउनु पर्ने बताउनुभयो ।
बुद्ध नेपालमा जन्मेको हो । बुद्धको देशमा बुद्धत्व हुनु जरुरि हुने बताउदै । आगामी दिनमा बुद्ध जन्मेको देश नेपाल भनि चिनाउने उहाँको उद्देस्य रहेको पनि बताउनुभएको छ ।





प्रतिक्रिया दिनुहोस