बालबालिकाको आँखा डेढो भएमा होसियार! हुन सक्छ रेटिनोब्लास्टो क्यान्सर
441 Views
काठमाडौँ, जेष्ठ २१ खोज मिडिया । नवजात शिशुदेखि पाँच वर्ष सम्मका बालबालिकाको आँखा डेढो भएमा कालो भागको बीच भागमा सेतो भएकाहरुलाई नेपाली समाजमा (भाग्यमानी) भन्ने चलन छ, तर डेढो आँखाकै आधारमा भाग्यमानी भन्दै बस्दा उनीलाई रेटिनोब्लास्टो अर्थात् आँखाको क्यान्सर हुन सक्ने आँखा रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले बताएकी छिन् ।
धेरै अभिभावकहरुले आफ्ना बालबालिकामा रेटिनोब्लास्टोका लक्षण भएको हत्तपत्त थाहा नपाउने भएकोले उनीहरूलाई अस्पताल पुर्याउँदा जटिल अवस्थामा पुगिसकेको हुने डा.राजकर्णिकारको भनाइ रहेको छ । १५ हजार नवजात शिशुको जन्ममा एक जनामा रेटिनोब्लास्टो क्यान्सर हुने अध्ययनहरूले देखाएको जनाएको छ ।
डा.राजकर्णिकारका अनुसार यो रोगले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । बालबालिकाको एक वा दुवै आँखाको भित्री पर्दा (रेटिना) बाट पलाउने क्यान्सर रेटिनोब्लास्टो हो ।
नेपाललगायत विकासोन्मुख देशहरूमा बालबालिकाको आँखामा हुने क्या’न्सर अर्थात् रेटिनोब्लास्टो रोगबाट हुने मृ’त्युदर ५० प्रतिशत सम्म छ । यद्यपि विकसित देशहरूमा भने रेटिनोब्लास्टो रोगबाट ५ प्रतिशत भन्दा कम मृ’त्यु दर रहेको अध्ययनहरूले देखाएको छ ।
डा. राजकर्णिकारका अनुसार आँखा डेढो हुनुका साथै आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु यो रोगको मुख्य लक्षण हो । यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु,आँखाको आकार ठूलो हुँदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन ।





प्रतिक्रिया दिनुहोस