तुइनमा झुन्डिएर मेलम्ची खोला वारपार गर्न बाध्य
422 Views
सिन्दुपाल्चोक, जेष्ठ २० खोज मिडिया । गत साल निर्माण गरे लगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुन्डिएर मेलम्ची खोला वारपार गर्न बाध्य थिए ।
हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुन्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ ।सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल निर्माण भएपछि ती बस्तीमा सहजै आवतजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बताए ।
उनका अनुसार गत साल असार र साउनको बाढीले निर्माण गरेको लगत्तै पक्की पुल बगाएकाले ती बस्तीमा तुइनको सहारामा मानिसले आवतजावत गरिरहेका थिए ।





प्रतिक्रिया दिनुहोस