पोष्टमार्टमका लागि टिचिङ लगियो १० जनाको श’व
731 Views
कास्की, जेष्ठ १८ खोज मिडिया । मुस्ताङमा तारा एयर विमान दु’र्घ’टनामा मृ’त्यु भएकामध्ये १० जनाको श’व पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ ।
सोमबार साँझ पोखराबाट श’वहरु काठमाडौँ लागिएको थियो । दु’र्घट’नाग्रस्त स्थानबाट कोबाङ ल्याइएको श’व नेपाली सेनाको हेलिकोप्टरमार्फत् पोखरा हुँदै काठमाडौँ लागिएको हो ।
श’व पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी छ । बाँकी श’व भने भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा श’व भने अझै फेला पर्न नसकेको तारा एयरले जनाएको छ ।
आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ट्विनअटर जहाज उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो ।
आइतबार दिनभर खोजी गरिए पनि फेला नपरेको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेको पहाडमा दु’र्घट’नाग्रस्त अवस्थामा फेला परेको थियो ।





प्रतिक्रिया दिनुहोस