थप १२ जनाको श’व आज काठमाडौँमा(विमान दु’र्घट’ना)
496 Views
काठमाडौँ, जेष्ठ १७ खोज मिडिया । तारा एयरको (टुवीन् अटर नाइन एन–एइटी) विमान दु’र्घट’ना हुँदा मृ’त्यु भएको सबै २२ जनाको श’व भेटिएको छ ।
विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दु’र्घ’टनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।
नागरिक उड्डयन प्राधिकरणले विमान दु’र्घट’नामा मृ’त्यु भएका थप १२ जनाको श’व आज काठमाडौँ ल्याइने जनाएको छ । १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो । ‘दुर्घटनामा निधन भएकोमध्ये १० जनाको शव जेठ १६ गतेका दिन काठमाडौँ ल्याइएको र बाँकी रहेका १२ जनाको श’व आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोबाङ ल्याइसकेको र उक्त श’वहरू नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याइने क्रममा रहेको जानकारी गराइन्छ। प्राधिकरणले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया दिनुहोस