सेन्ट्रल गार्डनको सम्मान र बधाई कार्यक्रम
539 Views
पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले लायन वर्ष २०२२ २३ लाई सभ्य र भव्य बनाउने उद्देश्यका साथ निर्वाचित अध्यक्ष लायन आनन्द पौडेलले आफ्ना पाइला बढाएका छन् । क्लबले आइतवार पोखरामा आयोजित माइन्यूट हस्तान्तरण, नयाँ सदस्य सम्मान तथा लायन वर्ष २०१७, १८ का डिट्रिक गभर्नर तथा नवनिर्वाचित महानगर प्रमुख लायन धनराज आचार्यलाई बधाई ज्ञापन एकैसाथ सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि जोन चियर पर्सन लायन नारायण कोइरालाले नयाँ सदस्य फर्सबहादुर बिसी, अमित बाटाजु र जमुना खड्कालाई सम्मान गर्दै क्लबको सामाजिक सेवाको भावले प्रेरित भएर आफू लायनवादमा लागेको बताउँदै । नयाँ लायन मित्रहरुलाई जो सँग जे छ त्यसलाई सोही ठाउँबाट परिचालन गरेर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष लायन सुब्बा घिमिरेले निर्वाचित अध्यक्ष लायन आनन्द पौडेललाई र सचिव सुजित बिजुक्छेले निर्वाचित सचिव प्रमोद रानाभाटलाई माइन्यूट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लायन हरि भाट, पूर्व अध्यक्ष लायन मीना रानाभाट, लायन कृष्ण रानाभाट, लायन असफल गौतम, लायन सुब्बा घिमिरे, प्रथम उपाध्यक्ष लायन तुल रानाभाट, द्धितीय उपाध्यक्ष लायन सुजित बिजेक्छु,, सचिव लायन प्रमोद रानाभाट, पब्लिक रिलेसन अफिसर लायन लाल रानाभाटलगायतले नयाँ निर्वाचित पदाधिकारीका सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका थिए ।
सम्मानित नयाँ लायन सदस्य लायन फर्सबहादुर बिसीले लायन्ससँगको सहकार्यले आफूमा थप सेवाको भावना बढेको बताए । लायन अमित बाटाजु, लायन जमुना खड्कासहितले पनि क्लबको सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताए ।
साथै क्लबको महानगर प्रमुखलाई सम्मान तथा बधाइ ज्ञापन कार्यक्रमका सन्दर्भमा प्रत्येक क्लबलाई समय दिन नसकिने प्रमुखका स्वकीय सचिवबाट जानकारी प्राप्त भएपछि कार्यकालको सफलताको शुभेच्छा व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।





प्रतिक्रिया दिनुहोस