कवि विष्णु पादुकाको “बिन्दु वृत्त” को पोखरामा परिचर्चा
400 Views
पोखरा । नेपाली भाषा, साहित्य संरक्षण, सम्बर्द्धन र बिकासका लागि अभियान भन्ने नाराका साथ स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा कवि विष्णु पादुकाको “बिन्दुको वृत्त” कविता सङ्ग्रहको शनिबार पोखरामा परिचर्चा गरिएको छ ।
प्रमुख अतिथि प्राज्ञ बिम्बकवि रमेश श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै कविताको बारेमा धेरै कविहरुनै भ्रममा देख्छु भन्दै कविता करोडौंले लेखेका हुन्छ तर सबै कविता हुँदैनन् । उनले आफुलाई मन पर्ने साहित्य बिधाहरुमा मध्ये कविता रहेको बताउँदै कविता देख्ने बित्तिकै पढ्ने गरेको बताउनु भयो ।
स्रस्टा कवि विष्णु पादुकाले कृतिमा भएका कविताहरुको बारेमा बताउँदै पुस्तकको आकारमा प्रकाशन गर्न प्रेरणा दिने सबैलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कृति पढेर प्रतिक्रिया दिन अनुरोध गर्नु भएको थियोे ।
सो अबसरमा साहित्य शृङ्खला पोखराकी अध्यक्ष लक्ष्मी थापा, रोसन तिमिल्सिना, प्रतिष्ठानका सल्लाहकार मिलन समीरलगाएतले कृतिका रचना बाचन तथा शुभकामना व्यक्त गरेका थिए ।
समिक्षक डा. भुमिराज बस्ताकोटीले कृतिको समिक्षा गर्दै कविता गहन, बिम्बात्मक समसामयिक बिषय बस्तु समेटिएको बताउँदै वर्ण बिन्यासमा त्रुटि रहेको बताउनु भएको थियोे ।
प्रतिष्ठानका अध्यक्ष शम्भु अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष छन्दिका त्रिपाठी र संचालन सचीव लिलि अधिकारीले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस