एशियन फोरमद्धारा सहारा वाल आविमा छात्रवृत्ती वितरण
127 Views

पोखरा । पोखरा–९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयका १० विद्यार्थीहरुलाई एशिया मानव अधिकार तथा साँस्कृतिक बिकास मंच (एशियन फोरम) द्वारा छात्रवृत्ति बितरण गरिएको छ ।
उक्त छात्रवृत्तिको लागि दक्षिण कोरिया स्थित हाना नानुम फाउन्डेसन र वी फ्रेन्ड्सले नेपालमा रहेको एशियन फोरम मार्फत पठाएको एशियन फोरमका लेखा तथा प्रसाशन प्रमुख एकलाल न्यौपानेले बताए ।
सो अबसरमा विद्यालयमा अध्ययनरत गरिब था जेहेन्दार विद्यार्थीहरु सफल परियार, सतदेब गोसाइ, गिता किसान, रेस्मा बिक, गुनगुन बस्नेत, दिपिका भुजेल, बादल गुरुङ, लक्ष्मी परियार, आयुश परियार र प्रभा गुरुङलाई छात्रवृत्ति नगद तथा प्रमाणपत्र बितरण गरेका थिए ।
पोखरा ९ का वडा सदस्य नन्दराम गिरिले सहयोगको सदुपयोग गर्न अनुरोध गर्दैछात्रवृत्तिलाई सिध्याउन भन्दा बढाउँदै लैजान अनुरोध गर्नु भएको थियो ।
छात्रवृत्ती पाएका विद्यार्थीहरुको तर्फबाट बोल्दै लक्ष्मी परियारले छात्रवृत्तीले अध्ययनमा धेरै सहयोग पुग्ने भएकोले अभिभावक र शिक्षकको सल्लाहमा खर्च गर्नुपर्ने वताइन् ।
बिद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा विद्यालयका शिक्षकहरु, अभिभावकहरु, एशियन फोरमका केन्द्रिय उपाध्यक्ष मेनका पौडेल, सदस्यहरु जुम गुरुङ, मिरा पौडेल, गण्डकी प्रदेश सचिव कृष्ण रानाभाट, कोषाध्यक्ष उमाकान्त पराजुली, कास्की जिल्ला अध्यक्ष तीलक थापा, कोषाध्यक्ष पार्वती पौडेल लगाएत पदाधिकारी तथा सदस्यहरुको उपस्तिथि रहेको थियो ।
छात्रवृत्ति बितरण कार्यक्रमका संयोजन एशियन फोरम कास्कीका अध्यक्ष तिलक थापाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस