एशियन फोरमद्धारा स्वास्थ्य सचेतना कार्यशाला गोष्ठी सम्पन्न
473 Views
पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) को आयोजनामा मंगलबार किशोरी स्वास्थ्य सचेतना कार्यशाला गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा फोरमका निवर्तमान केन्द्रिय अध्यक्ष निरज थापाले संस्थाको स्थापनाको उद्धेश्य तथा हाल शिक्षा र स्वास्थ्यमा काम गरिरहेको वारेमा वताएका थिए ।
सो अवसरमा नवनिर्वाचित पोखरा १५ का वडा अध्यक्ष तोरण वाँनिया, फेदीखोला ४ का वडा अध्यक्ष ख्याम नारायण पौडेलले शुभकामना व्यक्त गरेका थिए ।
सहजकर्ता पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक शुशिल शर्मा भट्टराईले सहभागीलाई स्वास्थ्य शिक्षामा समुहगत सचेतना सम्बन्धी प्रस्तुती दिएका थिए ।
उक्त कार्यक्रम दक्षिण कोरिया स्थित हाना नानुम फाउन्डेसन र वी फ्रेन्ड्सको आर्थिक सहयोग तथा एशियन फोरमको व्यवस्थापनमा गरिएको फोरमका लेखा तथा प्रसाशन प्रमुख एकलाल न्यौपानेले बताए ।
गोष्ठीमा पोखरा १० को कालिका मावि, पोखरा ९ को नवप्रभात मावि, सहारा वाल आवि, पोखरा २२ को भगवती आवि, फेदीखोला ४ आरुखर्कको जनचेतन माविका शिक्षक, विद्यार्थीहरु तथा शिक्षा महाशाखा, स्वास्थ्य महाशाखा, वडा कार्यलयका प्रतिनिधिहरु, एशियन फोरमका केन्द्रिय उपाध्यक्ष मेनका पौडेल, सदस्य मिरा पौडेल, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण वानिया, सचिव कृष्ण रानाभाट, कोषाध्यक्ष उमाकान्त पराजुली, जिल्ला अध्यक्ष तीलक थापा, कोषाध्यक्ष पार्वती पौडेल, सदस्य किरण गुरुङलगाएतको सहभागिता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस