ब’ला’त्का’र आरोपी मनोज पाण्डेले दिए “इन्कारी बयान”
536 Views
काठमाडौं, जेष्ठ ११ खोज मिडिया । शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सुन्दरी प्रतियोगिता आयोजक मनोज पाण्डेसँग प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ ।
आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा काठमाडौँको एभरेस्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा उनलाई जेठ ७ मा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिले बुधवार पाण्डेसँग बयान लिएका हुन् । कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा बलात्कार गरेको पीडित युवतीको आरोप छ ।
तर, पाण्डेले अनुसन्धान अधिकृत र सरकारी वलिकसँग सो आरोप अस्वीकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्–”मलाई आरोप लगाएर भिडियो सार्वजनिक भएपछि प्रहरीमा हाजिर हुन खोजेको थिएँ, मैले केही पनि गरेको होइन ।”पीडित युवतीले टिकटक युजर आईडी ‘सुसिखान जाने हो’बाट जेठ ४ मा करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो ।
अनुसन्धानबाट “सक्सेस पार्टी” भन्दा अघि बलात्कार गरेर घटना सामसुम पारेको थाहा भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले पाण्डेविरुद्ध शरीरबन्धक तथा मानव बेचबिखन विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस