यौ’न दु’र्व्यवहार गरेको आरोपमा दुई शिक्षक प्रहरीको नियन्त्रणमा
408 Views
काठमाडौँ, जेष्ठ १० खोज मिडिया । चावहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौ’न दु’र्व्यव’हार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत्त गौशालाले क्याम्पसका कोअर्डिनेटरलाई काभ्रे घर भएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई प’क्रा’उ गरेको थियो ।
आ’रो’पीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षकहरु विरुद्ध ३ जना छात्राले बाल यौ’न दु’र्व्यव’हार गरेको कसुरमा जाहेरी दिएका छन् । जा’हेरी दिनेमा कक्षा ११ र १२ अध्ययनरत छात्रा छन् ।
आ’रोपी’ले विद्यार्थीहरुलाई अनैतिक रुपमा छुने तथा आफ्नै घरमा बस्न र यौ’न सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ । पटक–पटक क्याम्पस व्यवस्थापनलाई घनाबारे जानकारी दिँदा सुनुवाई नभएको र भित्रभित्रै मिलाउने प्रयास भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस