भन्सार छलीको मोटरपार्टस् बेचेको आरोपमा युवक प’क्रा’उ
500 Views
विराटनगर, जेष्ठ १० खोज मिडिया । भन्सार छलीको पानी तान्ने मोटरपार्टस् बेचेको आरोपमा प्र’ह’रीले विराटनगरबाट एकजना युवकलाई प’क्रा’उ गरेको छ । प’क्रा’उ पर्नेमा ३० वर्षीय सेख अलतफ छन् ।
भारतबाट भन्सार छलेर ल्याएको मोटरपार्टस्मा अलताफले विराटनटरमा स्टिकर टाँसेर फिटिङ गर्ने गरेको अनुसन्धानबाट थाहा भएको जिप्रका मोरङका डिएसपी दिपक श्रेष्ठले बताएका छन् ।
अलताफले भन्सार छलेर ल्याएर राखेको करिब ४ लाख ८५ हजारको मोटरपार्टस् प्रहरीले बरामद गरेको छ । बरामद सामानसहित आ’रो’पीलाई कानुनी कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस