बालेन कसरी भए “बबाल उम्मेदवार” ?
529 Views
काठमाडौँ, जेष्ठ १० खोज मिडिया । काठमाडौं महानगरको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गर्ने दौरानमा एमाले नेता केशव स्थापितले हुँकार शैलीमा भनेका थिए, “द गेम इज ओभर” म निर्वाचित भैसकें तर प्रक्रिया पुर्याउन मात्र निर्वाचन गर्नुपर्ने बाध्यता छ ।
आफ्नो जितमा ढुक्क र ओभर कन्फीडेन्ट थिए उनी । काठमाडौंको मेयर भैसकेका र मूलधारको राजनीतिमा “स्थापित” उनको आत्मविश्वास पलाउनु स्वभाविक पनि थियो । तर उनको उपर्युक्त घोषणालाई काठमाडाैं महानगरको स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले नराम्ररी धक्का दिएको छ ।
काठमाडाैं महानगरमा आधा दर्जन वडाहरूको नतिजा आइसकेको छ । उक्त वडाहरूमा आफ्नो पकड मजबुत रहेको भनी घोषणा गर्ने स्थापित र नेपाली काँग्रेसकी सिर्जना सिंह पेशाले इन्जिनियर,प्रतिभाले र्यापर गायक स्वतन्त्र उम्मेदवार बालेन साह भन्दा दशौं हजार मतान्तरले पछाडि छुटेका छन् । बालेन काठमाडौंका नयाँ मेयर हुने प्रवल संभावना छ ।
कसरी चर्चित भए बालेन ?
अन्य देशमा कलाकारहरुले राजनीतिमा पनि शिखर चुमेको भएता पनि नेपालमा हालसम्म कुनै पनि कलाकारले राजनीतिको शिखर चुम्न सकेका छैनन् । यद्धपि केही राजनैतिक पदहरु प्राप्त गर्न भने सफल भएका छन् । यसै सन्दर्भमा राजनीतिमा त्यति चर्चा नकमाएका बालेन एकाएक कसरी चर्चामा आए भन्ने प्रश्न सर्वत्र छ । बालेन चर्चामा आउनुका व्यक्तिगत,सामाजिक,राजनैतिक र विविध कारणहरुबाट चर्चामा आएको जनाएको छ ।।





प्रतिक्रिया दिनुहोस