कमल थापाकै गृहनगरमा राप्रपाका सिंहले कसरी पाए “भारि मत”
448 Views
काठमाडौँ, जेष्ठ ८ खोज मिडिया । एमालेको गढका रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा ३० वर्षपछि एमालेको विरासत ढलेको छ । ३० वर्षदेखि हेटौंडाको नेतृत्व लिँदै आएको एमाले पहिलो पटक यहाँ नेतृत्वमुक्त बनेको हो ।
२०४८ सालदेखि हेटौंडाको नेतृत्वमा एमालेको एकछत्र राज थियो । हालै सम्पन्न निर्वाचनबाट एमालेको विरासत ढलेको छ । एमालेको विरासत ढल्नुको मुख्य कारण सत्तारुढ गठबन्धन नै हो भने दोस्रोमा पूर्वपञ्चहरु पनि मुख्य कारण हुन् ।
हेटौंडा उपमहानगरको नेतृत्वका लागि एमालेले हेभिवेट नेता संविधानसभा सदस्य अनन्त प्रसाद पौडेललाई अघि सारेको थियो । पौडेलविरुद्ध सत्तारुढ गठबन्धनले पूर्व एमालेकै मीनाकुमारी लामा र पञ्चहरुको बाहुल्यता रहेको राप्रपाबाट दिपक बहादुर सिंह प्रतिस्पर्धामा थिए ।
लामा २०७४ सालको निर्वाचनमा हेटौंडाको उपमेयर पदमा एमालेबाट निर्वाचित भएकी थिइन् भने हाल उनी नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् । उनी हेटौंडा उपमहानगर प्रमुखमा २३ हजार ७५ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पौडेलले २० हजार ९०८ मत र राप्रपाका सिंहले २० हजार ५३१ मत पाए ।





प्रतिक्रिया दिनुहोस