दोरम्बा शैलुङ गाउँपालिका नवनियुक्त अधक्षमा नेकपा माओवादीबाट मैन कुमार विजयी
798 Views
रामेछाप, जेष्ठ ६ खोज मिडिया । रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका आफैँमा एक ऐतिहासिक स्थान रहेको छ । द्वन्द कालको पृष्ठ भूमिलाई हेर्ने हो भने दोरम्बा घ’टनालाइ कसैले बिर्सन सकिदैनन। उक्त गाउँपालिकामा ७ वटा वडाहरु रहेको छ ।
दोरम्बा शैलुङ गाउँपालिका नवनियुक्त अधक्ष(प्रमुख) मा नेकपा माओवादी मैन कुमार मोक्तान(मदन) बिजयी भएको छ भने उपप्रमुखमा नेपाली कांग्रेसबाट खमला थापा मगर बिजयी भएका छन् । जेष्ठ ५ गते विहीबार बिजय र्याली सहित बाजाको तालमा विजय उत्सब मनाएका थिए । उक्त र्याली पश्चात विजेताहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम सम्पन गरिएको थियो ।
सोहि गाउँपालिकाको सपथ ग्रहण सुक्रबार दिउसो हुने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस