अन्तर्राष्ट्रियस्तरकै भगवान बुद्धको मुर्ति स्थापना ईतिहास रचे
654 Views
एजेन्सी, जेष्ठ ६ खोज मिडिया । राप्रपा नेपालको संस्थापक तथा निवर्तमान तामाङ सामुदायकै पहिलो राष्ट्रिय अध्यक्ष आईताराम तामाङ(आराम)ले बुद्ध जयन्ती उत्सब पारेर विश्व अग्रदुत भागवान बुद्धलाई अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक बुद्धको मुर्ति स्थापना गरि इतिहास रच्नु भएको छ।
तामाङले विगत लामो समयदेखी भागवान बुद्धको अर्ति-उपदेश,आत्मज्ञानलाई सन्सारभर फैलाउनको लागी विभिन्न अभियान जस्ता कार्यक्रमहरु नेपाल देश तथा बिदेशको विभिन्न ठाउँहरुमा कार्यक्रम संचालन गर्दै आइरहनु भएको छ। पछिल्लो समयमा रूस र युक्रेनको युद्धले धेरै धनजन बिश्व शान्ति खल्बलिरहेको छ । त्यस्ता किसिमका युद्ध चाडैं रोक्न र शान्ति सम्झौता आउने वातावरण तयार होस् भन्ने कामना गरेर तामाङले पहिलोपटक पोर्चुगलमा भागवान बुद्धको मुर्ति स्थापना गरेका हुन् ।
मानिले सफलता हासिल गर्नको लागी इमान्दार,मिहेनत र शान्तिमा बिश्वास गरेर मात्रै उक्ता कुरा प्राप्त हुन्छ भन्नेमा समेत जोड दिनु भएको छ । उक्त बुद्धको मुर्ति स्थापना कार्यक्रममा छिमेकी रास्ट्र इन्डिया देखि विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।








प्रतिक्रिया दिनुहोस