सांसद् बानियाका छोरा पेस्तोलसहित प’क्रा’उ
826 Views
मुगु, जेष्ठ ४ खोज मिडिया । नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य सांसद् मोहन बानियाका कान्छा छोरा प’क्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका वडा नम्बर ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पे’स्तोलसहित प’क्राउ परेका हुन् ।
मंगलबार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्र’हरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक जुनबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार प’क्राउ परेका बानियालाई हाल प्र’हरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्र’हरी कार्यालम ल्याइ अनुसन्धान गरी हा’तह’तियार कसुरसम्बन्धी कानुन बमोजिमको मु’द्दा अगाडि बढाइने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस