दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर २ मा मेचमान योन्जनको प्यानल विजय
892 Views
रामेछाप, जेष्ठ २ खोज मिडिया । रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका आफैँमा एक ऐतिहासिक स्थान रहेको छ । द्वन्द कालको पृष्ठ भूमिलाई हेर्ने हो भने दोरम्बा घ’टनालाइ कसैले बिर्सन सकिदैनन, त्यही दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेलाई पछि पार्दै मेचमान योन्जनको प्यानल विजय भएको छ ।
दोरम्बा शैलुङ गाउँपालिकाको अहिले सम्मको मत परिणाम अनुसार वडा नं १ मा नेकपा एमाले प्यानल विजयी भएको छ । त्यसैगरि पालिका अध्यक्षको दाबेदार माओवादी कांग्रेस गठवन्धन वाट अध्यक्षको प्रत्यासी मैन कुमार मोक्तान(मदन)को अहिले सम्मको परिणाम १९६० उपध्यक्षको प्रत्यासी खमला थापा मगरको १८७२ प्राप्त भएको छ । त्यस्तै एमालेको तर्फबाट अध्यक्षको प्रत्यासी टंक प्रसाद चौलागाईको १९२१ उपध्यक्षको प्रत्यासी मुना कंडेल थापाको १८४४ मत प्राप्त गरेको छ ।
दोरम्बा सैलुङ गाउँपालिकामा ७ वटा वाडा रहेको छ भने उक्त वडामा दुई वटा वडाको परिणाम आईसकेको छ । अझै पनि ५ वटा वडाको परिणाम आईसकेपछि मात्रै पालिकाको अध्यक्ष र उपध्यक्ष को हुन्छन भन्ने बारे जानकारी पाउनेछ ।





प्रतिक्रिया दिनुहोस