एमालेको किल्ला मानिएको माछापुच्छ्रे गाउँपालिकामा काँग्रेस विजयी
921 Views
कास्की, जेष्ठ २ खोज मिडिया । कास्की जिल्ला गण्डकी प्रदेश माछापुच्छ्रे गाउँपालिका नेकपा एमालेको किल्ला मानिएको माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ ।
अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतले पछि पार्दै नेपाली काँग्रेसका मिन बहादुर गुरुङले विजय हाँसिल गरेका हुन् ।
उपप्रमुखमा पनि काँग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पराजित गरेकी हछन् । सीता अधिकारीले ६ हजार ३७६ मत पाउँदा सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । सोही पदमा नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् । गाउँपालिकाको ९ वडामध्ये ७ वटा वडामा काँग्रेसले र २ वडामा एमालेले जित हासिल गरेको छ ।
माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसले ७ वटा वडा जितेको मध्य वडा नम्बर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिचन्द्र लम्साल, ४ मा मधुसुदन अधिकारी, ५ मा नारायणप्रसाद पौडेल, ८ मा राम गुरुङ र ९ मा हरिबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडा नम्बर ६ मा एमालेका टेकनाथ गौतम र ७ मा नेकपा (माओवादी केन्द्र)का बैकुण्ठप्रसाद भण्डारी निर्वाचित भएका छन् ।





प्रतिक्रिया दिनुहोस