माधव नेपालको गृहनगरमा समाजवादीका उम्मेदवार तेब्बर मतले अगाडि
480 Views
रौतहट, जेष्ठ १ खोज मिडिया । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको सदरमुकाम गौर नगरपालिकामा उनको पार्टीका मेयर पदका उम्मेदवार तेब्बर मतको अन्तरले अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो जानकारीअनुसार समाजवादीका उम्मेदवार साहले १९२५ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार तथा निवर्तमान मेयर अजयकुमार गुप्ताले ६४२ र नेपाली काँग्रेसका मोहन यादवले ६०८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडा १ मा समाजवादीका लालबाबु चौधरी र वडा २ मा समाजवादीकै विनोद चौधरी पूरै प्यानलसहित विजयी भएका छन् । ९ वडा रहेको गौर नगरपालिकाको अधिकांश वडामा समाजवादीका उम्मेदवारको अग्रता रहेको छ ।





प्रतिक्रिया दिनुहोस