गठबन्धन दलका नेताहरू भरतपुरमा आएर स्याल हुइँया गरेर गए,(सिता पौडेल )
716 Views
चितवन, २६ वैशाख खोज मिडिया । नेकपा (एमाले)को स्थायी कमिटी सदस्य सीता पौडेलले गठबन्धन दलका नेताहरू भरतपुरमा आएर स्याल हुइँया गरेर गएको टिप्पणी गरेकी छन् ।
नेकपा एमाले चितवनले नारायणगढको क्याम्पा चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन दलका नेताहरूलाई स्यालको संज्ञा दिइन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनाव सामान्य परिस्थितिमा हुन नलागेको उनले बताइन् । गठबन्धन दलका नेताहरूले भरतपुर महानगरपालिकाका जनतालाई धम्काएर गएको भन्दै जनताले माओवादीलाई चिनिसकेको बताइन् ।
परमादेशको भरमा बनेको सरकारले महँगी थपेको भन्दै उनले राष्ट्रियताको रक्षा गर्ने पार्टी एमाले मात्र भएको बताइएकि थिए । गठबन्धनले हार स्वीकार गरिसकेको भन्दै उनले भरतपुरमा नेपाली कांग्रेसले गलत बाटो लिएपछि कांग्रेसकै नेताहरुले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।





प्रतिक्रिया दिनुहोस