रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या
985 Views
काठमाडौँ, २४ वैशाख खोज मिडिया । बैंक तथा वित्तीय सल्लाकार डा.शालिकराम पोखरेलले विदेशबाट नेपाल आउने रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । उनले को’रो’ना म’हामा’रीको बीचमा अत्यधिक रेमिटेन्स नेपाल भित्र्याईएकाले बजारमा तरलता सहजताका कारण उत्पादन भन्दा बाहिरका क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका हुन् ।
काठमाडौँमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै पोखरेलले तरलता सहज भएर अत्यधिक कर्जा आयातमा गएकाले अहिले बजारमा तरलता अभाव देखिएको बताए । उनले पछिल्लो समय राज्यमा आर्थिक नीति पनि आयातमुखी भएको बताए । उनले भने!
“विगत केही वर्ष देखि हाम्रो देशमा भएको श्रम अन्तर्राष्ट्रिय मुलुकमा श्रमिकको रूपमा जाने त्यहाँबाट प्राप्त हुने रेमिटेन्सले अर्थतन्त्रमा भएको चारै वटा सेक्टर प्रभाव पारेको देखिन्छ । विदेशबाट रेमिटेन्स आयो हाम्रो अर्थतन्त्रको मौद्रिक क्षेत्रमा प्रशस्त तरलता सहज भयो । तरलता प्रशस्त भएपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा विस्तारमा सहजता भयो । कर्जाबाट प्राप्त हुने नाफा राम्रो हुने भएकाले मौद्रिक क्षेत्रमा कुनै समस्या देखिएन । त्यसले नीति निर्माणमा प्रोएक्टिभ रूपमा गएको देखिएन । बजारमा तरलता प्रशस्त भएको कारण कर्जा आयातमुखी भएर गयो ।”
पोखरेलले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा आयातमा लगानी गर्दा राज्यलाई राजश्व प्रचुर मात्रामा प्राप्त भए पनि आन्तरिक उत्पादन बढ्ने क्षेत्रमा लगानी नभएको बताए । जबसम्म स्वदेशमा नै आन्तरिक उत्पादन बढाउने र स्वदेशमा नै श्रमिकलाई रोजगारी दिने नीति आउँदैन तबसम्म आन्तरिक उत्पादन बढ्न नसक्ने उनको भनाई छ । बैंक तथा वित्तीय क्षेत्रबाट उत्पादन क्षेत्रमा कर्जा विस्तार गएको भए त्यसले मुलुकमा नै उद्यमशीलताको विकास गर्ने गर्थ्यो । त्यसबाट रोजगारी सिर्जना गर्ने थियो ।
आन्तरिक उत्पादनलाई बढी प्राथमिकता हुने थियो । त्यसले आयातलाई निरुत्साहित गर्ने थियो। उनले भने! “तर राज्यका नीतिहरू पनि आयातमुखी भए । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा आयातमा लगानी गर्दा राज्यलाई राजश्व प्रचुर मात्रामा प्राप्त भयो । रेमिटेन्सबाट सहज भएको तरलतालाई उत्पादन क्षेत्रमा लगानी बढाएको भए । आन्तरिक उत्पादन बढ्ने थियो । त्यस्तो नीति बन्न सकेन । विदेशी मुद्रा सञ्चिति सहज भएपछि सहज महसुस गरेपछि चल्दै गएको जनाए ।”





प्रतिक्रिया दिनुहोस