उम्मेदवार चढ्ने गाडीमा आ’गज’नी वृद्धि एकै दिनमा दुईओटा
779 Views
सुर्खेत, २४ वैशाख खोज मिडिया । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अ’ज्ञात समूहले आ’गज’नी गरेको छ । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा१४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अ’ज्ञात समूहले आ’गज’नी गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटलअगाडि पार्किङ गरी राखेको गाडीमा अ’ज्ञात समूहले आ’ग’जनी गरेको छ । त्यस्तै, जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आ’ग’जनी भएको छ । मिनि बस एमालेको चुनाव प्रसार-प्रचारमा प्रयोग हुँदै आएको थियो ।
आ’गज’नीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्ष’ति भएको छ, भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्ष’ति भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्र’हरी उपरीक्षक पदमबहादुर विष्टले बताए । शं’कास्पद पाँच जनालाइ नियन्त्रणमा लिइएको प्र’हरी उपरिक्षक बिष्टले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस