बेहुली लिन गएका बेहुला हिरासतमा, चौधरी
495 Views
काठमाडौँ, २४ वैशाख खोज मिडिया । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्र’हरी हि’रासतमा पुगेका छन् । घ’टना झापाको रहेको छ । जिल्ला प्र’हरी कार्यालय झापाका प्र’हरी प्रवक्ता वसन्त पाठकका अनुसार हि’रासतमा रहेको बेहुला डेभिट चौधरी हुन् ।
उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हि’रा’सतमा पुगेको पाठकले बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजवंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।
तर, दाइजो नदिए बेहुली नलाने भनेको खबरपछि गएको प्र’हरीले चौधरीलाई प’क्राउ गरिएको प्रवक्ता पाठकले बताए । चौधरीको घर झापा गाउँपाकिलाको वडा नम्बर–४ मा छ । प्रवक्ता पाठकका अनुसार उनीविरुद्ध दाइजोसम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।





प्रतिक्रिया दिनुहोस