क्विन्टलको कुरा गर्दै थिए , अहिले एकएक ग्राम खोज्दै एक किलो पुर्याउनका लागि”वर्षमान पुन”
481 Views
रोल्पा, २४ वैशाख खोज मिडिया । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले एमाले अध्यक्ष केपी ओली आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको बताएका छन् ।
पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको दाबी उनले गरे । ओलीले जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको आरोप लगाएका छन् । “(ओली) पाँच दलसँग लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गनुभएको छ । कांग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एक जना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ,” पुनले भने!“उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक–एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पुर्याउनका लागि कोसिस गर्दै हुनुहुन्छ ।”
ओली राजावादी, परिवर्तन विरोधी र दक्षिणपन्थी भएको आरोप लगाए । मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचनमार्फत् दण्डित गर्ने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस