फेरि आपतकाल घोषणा, कुन देशमा ?
488 Views
कोलम्बो, २४ वैशाख खोज मिडिया । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आ’पतका’ल घोषणा गरेका छन् । सरकार वि’रोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् ।
सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताएका छन् । देशको आर्थिक आर्थिक सं’क’टलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए ।श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।
लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीव्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ । सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक सं’क’टबाट गुज्रिरहेको छ ।





प्रतिक्रिया दिनुहोस