बाँकी काम पूरा गर्न दोस्रो पटक उम्मेदवारी”गजेन्द्र महर्जन”
472 Views
ललितपुर, २३ वैशाख खोज मिडिया । वि.स. २०७४ सालको निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिकाको मेयरमा निर्वाचित गजेन्द्र महर्जनले विजयी भएपछि लेलेको खानी क्षेत्रलाई व्यवस्थित गर्ने, नगरलाई पर्यकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने, कोर क्षेत्रमा पुराना नेवारी वास्तुकला शैलीका घरहरु पुनर्निर्माण गरेर मल्लकालीन मापदण्ड लागू गर्ने बताए ।
“संघीयता लागू भइसकेपछि पहिलो पटक नेपालमा स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहको निर्वाचन र नगरपालिका गठनसँगसँगै भएको कारणले ऐन कानुन, कार्यविधि र विकास निर्माणको काम गरेको छु” महर्जनले भने ।
“मुख्य समस्या भनेको सडकको हो । नयाँ नगरपालिका भएकाले पूर्वाधारको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । सुरुवात भएको छ भर्खरै । स्थानीय सरकार अन्तर्गत नभएका कारण मुख्य सडक निर्माण पूरा गर्न अझै पनि सकिरहेको अवस्था छैन । संघीय सरकार अन्तर्गत रहेको सडक निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । खानेपानी, मठमन्दिर पुनर्निर्माणलगायत अरू पर्यटकको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताएका थिए ।”





प्रतिक्रिया दिनुहोस