यो धर्तीमा एक जीवमध्ये ती जीवको सूचीमा समावेश, जुन लोपोन्मुख अवस्थामा
544 Views
काठमाडौँ, २३ वैशाख खोज मिडिया । विश्वमा यो जीवको संख्या १० वटा मात्रै बाँकी छ । यो धर्तीमा एका जीवमध्ये ती जीवको सूचीमा समावेश छ जुन लोपोन्मुख अवस्थामा रहेको छ । यो विश्वको एक्लो दु’र्ल’भ समुद्री स्तनधारी हो ।
यसको नाम वाकिता परपोइज हो । वाकिता लोप हुने अवस्थामा भएपनि वैज्ञानिकले यसलाई बचाउन सकिने बताएका छन् । यस्तो उनीहरुले एक जेनेटिक स्टडीको आधारमा भनिरहेका छन् । ग्रे र सिल्भर रङको यो जीव मेक्सिकोस्थित क्यालिफोर्नियाको खाडीमा पाइन्छन् । यसको व्यापक शिकार हुने भएकोले यो लोप हुन लागेको बताइन्छ ।
साइन्स जर्नलमाप्रकाशित रिपोर्टको आधारमा डा.ज्याकलिनले बताए अनुसार वाकिता परपोेयज यसैकारण मात्रै लोप हुन लागेका छन् । उनीहरुको जनसंख्या कम छ । उनीहरुलाई कसरी जोगाउने भन्ने कुरा हामी मानिसहरुको दायित्व हो । सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा वाकिता पारपोयजमाथि अनुसन्धान गर्ने अनुसन्धाता डा.ज्याकलिन रोबिन्सनले भने, “हाम्रो अनुसन्धानमा यो निकै स्पष्ट छ कि वाकितालाई हामी जोगाउन सक्छौँ ।
यदि हामीले उनीहरुको इलाकाबाट गिलनेट्स हटाइदियौँ भने यस्तो सम्भव छ ।” गिलनेट्स एक प्रकारको निकै भारी जाल हो जसमा ठूला माछा फसाइने गर्छ । हामीले वाकिता परपोयजलाई बाँच्नका लागि एउटा मौका दिनुपर्छ । हामीले उनीहरुको जनसंख्या पुनः बढाउन सक्छौा । उनीहरुको जिन्स बाँच्नका लागि पूर्ण सक्षम छ ।





प्रतिक्रिया दिनुहोस