महानगरलाई महान घरको रूपमा हेर्छु , “सिर्जना सिंह”
465 Views
काठमाडौँ, २३ वैशाख मिडिया । सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार रहेकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले आफूले कहिल्यै पनि मतदाताको शिर निहुरिन नदिने बताएकी छन्।
काठमाडौंमा आज सत्तागठबन्धनले गरेको चुनावी सभामा बोल्दै उनले काठमाडौं महानगरलाई महान घर बनाउने पनि बताएकी थिइन्।
“म महानगरमा गएपछि कहिल्यै पनि मतदाताको शिर निहुरिन दिन्न, उनले भनिन्! “महानगरलाई महान घरको रूपमा हेर्नेछु” उनले काठमाडौंको संस्कृति संरक्षण गर्ने पनि बताएकी हुन् ।
“म काठमाडौंलाई महान घरजस्तो गरी चलाउछु।” उनले भनिन्! “सेवाग्राहीलाई सेवा सुविधा छिटो गर्ने व्यवस्था गर्छु।” उनले आफूले जितेका खण्डमा गृहणी तथा विदुर भत्ता दिने पनि बताएकी थिइन्। नदीनाला सफा गर्ने, ढल व्यवस्थापन गर्ने, युवालाई रोजगारी दिनेजस्ता योजना उनले सुनाएकी थिइन्।





प्रतिक्रिया दिनुहोस