प्रचण्ड सजिलो मानिस कांग्रेसलगायत दलसँग लामो सहकार्य रहने”देउवा”
713 Views
काठमाडौँ, २३ वैशाख खोज मिडिया । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताघातक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको सम्बन्ध स्थानीय चुनावले झन् “घनिष्ठ” बनाएको छ।
बिहीबार चितवनमा आयोजित सभामा देउवाले प्रचण्ड सजिलो मानिस भएकोसमेत बताएका थिए। प्रचण्डले पनि कांग्रेसलगायत दलसँग लामो सहकार्य रहने बताएका थिए। “रूखवालाहरूले हँसिया हतौडामा भोट हाल्न असजिलो मान्नुभएन भने यो सहकार्य १५/२० वर्षसम्म जान्छ।” प्रचण्डले भनेका थिए। नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमविरूद्ध उभिन देउवा र प्रचण्ड नजिकिएका थिए। त्यो बेलादेखिको सहकार्य उनीहरूले अहिलेसम्म जारी नै राखेका छन्।
‘प्रचण्ड यति सजिलो मानिस हुनुहुन्छ, तपाईंहरूले बुझ्नु नै हुन्न,” प्रचण्डको प्रशंसामा मञ्चबाटै देउवाले यति भन्न भ्याएका थिए। एकै मञ्चबाट भाषण गर्नेदेखि एकअर्कालाई प्रशंसा गर्नसम्म उनीहरू पछि पर्दैनन्। केन्द्रमा देउवा र प्रचण्डबीच सहकार्य, सम्बन्ध सुमधुर र गठबन्धन कसिलो बन्दै जाँदा केही जिल्लाहरूमा भने कांग्रेस-माओवादी कार्यकर्ताबीच कुटाकुट हुने गरेको छ। पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने भने पनि ७५३ मध्ये मुश्किलले दुई सय पालिकामा गठबन्धन भएका छन्। अन्यत्र दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन्।





प्रतिक्रिया दिनुहोस