गैरदलीय चुनाव गरौं, कुनै आकाश खस्दैन”बाबुराम भट्टराई”
537 Views
काठमाडौँ, २३ वैशाख खोज मिडिया । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्न पालिकामा तालमेल भएको छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संशयपूर्ण अभिव्यक्ति दिएका हुन् ।
“सबैले बुझौँ स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता/कार्यकर्ता त्यसबारे बढी जानकार हुन्छन् ! लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौँ र गैर दलीय चुनाव गरौं, कुनै आकाश खस्दैन,” उनले ट्विट गरेका छन् ।





प्रतिक्रिया दिनुहोस