सुनौलो रंगको दुर्लभ कछुवा सहित युवक प’क्राउ
405 Views
काठमाडौँ, २२ वैशाख खोज मिडिया । जिल्ला काठमाण्डौ चावहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री बितरण तथा ओसारपसार गरी ल्याई नगद रु २०,००,०००/- ( बिस लाख) मा कारोबार हुदैछ भन्ने गोप्य सुचनाको आधारमा एक युवक पक्राउ परेको छ ।
खोजतलास गर्ने क्रममा प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले जिल्ला काठमाण्डौ का.म.न.पा.वडा न ७ चावहिल स्थित खोटाङ हलेसी गेष्ठ हाउसको चौथो तलाबाट आशिष थापा पक्राउ परेको हो । घर्तीको साथमा रहेको कालो झोला भित्र राखेको अबैध सुनौलो रंगको कछुवा १ (एक) थान फेला पारी आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार काठमाण्डौ पठाईएको जनाएको छ ।

पक्राउ मानिसको बिबरण :-
नाम :- आशिष थापा घर्ती
उमेर :- २३ बर्ष
स्थाई ठेगाना :- जिल्ला काठमाण्डौ किर्तिपुर न.पा.वडा न ८
हालको बसोबास :- जिल्ला काठमाण्डौ शंखरापुर, साखु ।
बरामद बस्तु :-
१. सुनौलो रंगको कछुवा १ थान
२. मोवाईल १ थान





प्रतिक्रिया दिनुहोस