बिमान स्थलको आन्तरिक उडानको टर्मिनल भवनमा ७ ओटा “ब’म”
760 Views
काठमाडौँ, २२ वैशाख खोज मिडिया । काठमाडौँको विमान स्थलमा वैशाख २१ गते बुधबार बिहान ब’म रहेको एकाएक हल्लाले आ’तंकि’त बनाएको थियो ।
बिमान स्थलको आन्तरिक उडानको टर्मिनल भवनमा करिव दुई घण्टा बम रहेको हल्लाले त्रसित बनेको हो । काठमाडौँ एरपोर्टमा विभिन्न स्थानहरुमा जानका लागि विमानले बोलाएको समयमा पुगेका यात्रुहरु ९:४० मिनेटमा उडान तथा अवतरण हुने नियमित चलिरहेका थिए । त्यसपछि एकाएक माहोल बिग्रिदै गएको थियो । ब’म रहेको हल्ला डोमेस्टिक भवनभित्रै एकमिनेटमै फैलियो ।
सबैको भागाभाग भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल भवन काे डिउटी अफिस ट्रिडयु काे लेनलाईन फाेनमा बुधबार बिहान ९:४० मिनेट जादा एक अज्ञात व्यक्तिले फाेन गरे ,”नमस्कार” भनेजस्तै मुस्लिम समुदायकाे “सलामालेकुम” भन्दै पुरुष आवाजमा अज्ञात व्यक्तिले फाेनमा भने तिमीहरूकाे डाेमेस्टिक एर्पाेर्ट भवन भित्र ७ वटा बम फिट गरेका छाैँ । दुई घन्टा भित्र ती सबै बम बिस्फाेट हुनेवाला छ,सक्छाै भने डिस्फाेट गरेर देखाउ| त्यसपछि ती व्यक्तिले फाेन काटे ।
“ट्रिडयाेमा आएकाे पहिलाे फाेनबारे त्यहाँका कर्मचारीले माथिल्लो आधिकारिकहरुलाई रिपोर्टिङ गर्दागर्दै फेरि ९:५५ मिनेटमा त्यहि नम्बरमा फाेन गरे त्यसपछि उनले थप चेतावनी पुर्ण भाषामा भने मेराे याे कुरालाई घम्भिर्तापुर्वक लिएन भने केहिबेरमा एर्पाेर्ट भित्र रहेका तिमीहरूका हजारौं मानिसहरु मर्नेछन् ।” त्यसपछि विमानस्थलमा खटिएका प्रहरी कर्मचारी सबै अलाउट भएका थिए । विमान स्थलका माथिल्लो तहका अधिकृतहरु र प्रहरी अधिकृतहरुमा के गर्नेभन्ने तयारीमा व्यस्त हुँदा भने यता एरलाईन्सका कर्मचारीहरु र सुरक्षामा खटिएका कर्मचारीहरु सबै नियमित काममै व्यस्त रहेका थिए ।
यात्रुहरु आफ्नाे जहाज वाेरिङ पास हातमा लिएर लाईनमा बसिरहेका थिए । ९:५५ मिनेटमा एकाएक माईकिङ भयाे क्रिपाय याे भवनभित्र बिस्फाेट पदार्थ छ भन्ने सुचना आएकाेछ सबैजना छिटाेभन्दा छिटाे बाहिर गईदिनुहाेस त्यसपछि यात्रु र कर्मचारीहरुकाे भागाभाग भयाे । १५ मिनेटमा सबैजना बाहिर निस्किसकेका थिए । त्यसपछि सेनाका टाेलि , प्रहरी सबैजना बम सर्चकाे अभियानमा लागेका थिए । नेपाल प्रहरी तालिम प्राप्त कुकुर सहितकाे टाेलिले बम सर्च गरेका दिए । बिम डिस्फाेन टाेलिले १ घण्टा १५ मिनेट सम्म कुना-कुना बम सर्च गरि खाेजयाे प्रहरी उच्चअधिकृत लगायतका सम्पूर्ण टाेलि डाैदधुपमै थिए ।
काठमाडौं उपत्यका अपराध महासाखाका “एसएसपी वसन्त कुँवर” फर्किए पछि उनले भने “बम रहेकाे हल्ला मात्रै हाे” । “अरु कल कसरी आयाे भन्ने विषयमा हामी अनुसन्धानमा छाैँ,” कुँवरले भने !अरु कुनै सङ्कास्पद नभएकाे र अब निरन्तर उडान हुने बताएका थिए ।
यसरि ९:४० र ९:५५ मा आएको फोनले प्रहरी लगायत यात्रुहरु केहि बेर भने आ’तंकित बनेका थिए। उक्त नम्बर नेपाली नभई बिदेशी नम्बर रहेको जनाएको छ । यस विषयम फोन गरेर “आ’तंकित बनाउने को हुन् ?” भन्ने विषयमा कुनै वास्तविक जानाकारी भने भएको छैन ।





प्रतिक्रिया दिनुहोस