गीत–संगीतलाई माध्यम बनाई नाच्दै, गाउँदै भोट माग्दै उम्मेदवार
529 Views
म्याक्दी, २२ वैशाख खोज मिडिया । यत्तिबेला सहर–बजारदेखि ग्रामीण क्षेत्रसम्म निर्वाचनको रौनक छाएको देखन्छ। गणतन्त्र स्थापना पछि दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी अभियानलाई थप आकर्षित गर्न दलहरूले गीत–संगीतलाई नै माध्यम बनाएका छन् । चुनावी आमसभामा मतदातालाई आकर्षित गर्न दलहरूले कलाकारको टोली नै बोकेर हिँडेका छन्।
“आफ्नो पार्टीमा आस्थावान कलाकार बोकेर चुनावीसभामा पुगेपछि मतदाताको जमघटसमेत बढेको छ। भाषणले मात्रै मतदातालाई आकर्षित गर्न नसकेपछि दलहरूले सांगीतिक कार्यक्रममार्फत् चुनावी सभाको माहोल बनाएका छन्।” उनले भने।
आफ्नो पार्टीको गीतमा नृत्य प्रस्तुत गर्ने कलाकारले गाउँ–ठाउँको विकासमा केन्द्रित हुने पार्टीलाई भोट हाल्नसमेत आह्वान गरेका छन्।सत्तारूढ कांग्रेसले स्थानीय कलाकारलाई पारिश्रमिकसमेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ भने एमाले र माओवादी केन्द्रले समेत चुनावी खर्चबाटै समेट्ने गरी कार्यक्रम गरेको बताएको छ। एमालेको बेनी नगरको कार्यक्रममा जिल्लामा स्थापित कलाकार नै सहभागी छन् ।





प्रतिक्रिया दिनुहोस