सवारी दुर्घटना पश्चात् फरार व्यक्ति पक्राउ
653 Views
कास्की, २२ वैशाख खोज मिडिया । मिति २०७९।०१।१८ गते जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा नं.१ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा सवारी दु’र्घटना’ पश्चात् फरार रहेका कार चालक पक्राउ परेको छ ।
जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. १ बस्ने वर्ष २७ को एन्जेल बम मल्ललाई खोजतलासको लागि यस कार्यालयबाट सञ्चार माध्याम तथा सामाजिक सञ्जालबाट समेत हुलिया परिपत्र गरिएको सम्बन्धमा निजलाई जिल्ला काठमाण्डौबाट का.म.न.पा. ३ महाराजगंज स्थितबाट जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले महानगरीय अपराध महाशाखा, महानगरिय प्रहरी वृत्त महाराजगंजको समन्वयमा पक्राउ परेको हो ।
सम्मानित कास्की जिल्ला अदालतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मुद्दामा दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस