वडाध्यक्ष उम्मेदवारका बुवामाथि धा’रि’लो ह’तिया’र प्रहार
787 Views
काठमाडौँ, २२ वैशाख खोज मिडिया । धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि धा’रि’लो ह’तियार प्र’हार भएको छ । नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी ग’म्भीर घा’इते बनाएको छ ।
प्रहरीका अनुसार उनको अवस्था चिन्ता जनक रहेको छ । । वडाध्यक्षका उम्मेदवार यादवले खु’कु’री र च’क्कु सहित अज्ञात समूह आफूलाई आ’क्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आ’क्रमण गरेको दा’बी गरे ।
घा’इते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताएका छन् । उनको शरीरमा २० भन्दा बढी ठाउँमा लगाईएको छ । घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।





प्रतिक्रिया दिनुहोस