एमालेको अन्तर्विरोधले भोट बढ्ने विपक्षीको आश
521 Views
काठमाडौँ, २२ वैशाख खोज मिडिया । कीर्तिपुर नगरपालिमा एमालेबाट मेयरको टिकट वितरणमा देखिएको अन्तर्विरोध र पार्टीभित्रको अन्तर्विरोधका कारण आफूलाई फाइदा पुग्नेमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आश गरेका छन् ।
एमालेमा लामो समय काम गरेका नेताले कीर्तिपुरमा टिकट नपाएको र एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट भएका कारण मेयरका लागि केशरत्न बज्राचार्यले टिकट पाएकाले एमालेभित्र अन्तर्विरोध रहेको विपक्षी दलको बुझाइ रहेको छ। त्रिभुवन विश्वविद्यालय माथिको ऐतिहासिक सहर कीर्तिपुर बजारमा दिउँसोको समयमा यात्रा गर्ने हो भने चुनाव आएको छ र ? भन्ने प्रश्न उठ्न सक्छ ।
बजारभित्र सडकका पोल, घर, बाटो घाटोमा पार्टीका झण्डा ब्यानर बिरलै भेटिन्छ । दिउँसो दलको दलबल र प्रचार जुलुस पनि देखिँदैन । उम्मेदवार तथा कार्यकर्ताहरूले बिहान र साँझको समयमा मात्र घरदैलो कार्यक्रम गर्ने गरेका छन् । बिहान १० बजेपछि कार्यालय जानुपर्ने भएकोले बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेपछि घरदैलो कार्यक्रम राख्ने गरिएको माओवादी केन्द्रका स्थानीय नेताले बताए ।





प्रतिक्रिया दिनुहोस