अब मेयर–उपमेयरको बजेट होइन, जनताको बजेट
573 Views
बारा, २२ वैशाख खोज मिडिया । जीतपुर सिमरा उपमहानगरका सत्तारुढ गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार राजन पौडेलले अगामी दिनमा उपमहानगरभित्र मेयर–उपमेयरको हितभन्दा पनि जनताको हितमा बजेट बन्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय निर्वाचन–२०७९ संयुक्त घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै गर्दै प्रमुखका उम्मेदवार पौडेलले विगतमा बन्दै आएको मेयर–उपमेयर बजेट खारेज गरेर अव जनताको बजेट बन्ने जनाएका छन् ।
प्रतिबद्धता पत्रमा युवा, खेलकुद तथा रोजगारीका विषय, सूचना प्रविधि,वन तथा पर्यटन,शिक्षा तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, खानेपानी तथा सरसफाइ, बाटोघाटो तथा सडक सञ्जाल,औद्योगिक करिडोर व्यवस्थापन, गरिब तथा भूमिहीन व्यवस्थापन,सहकारी तथा संघ संस्था व्यवस्थापन, महिला बालबालिकाको विषयमा छुट्टाछुटै समावेश गरिएको छ । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार मेघा शाहीले उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता जनाएकी छिन् ।





प्रतिक्रिया दिनुहोस