निर्वाचन निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न राष्ट्रपतिको आग्रह
512 Views
काठमाडौं, २२ वैशाख खोज मिडिया । नेपल्कू राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउँन आग्रह गरेकी छन्।
राष्ट्रपति भण्डारीले निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भएको भेटवार्तामा सो आग्रह गरेकी हुन् । उनले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई आफ्नो मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धमा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्नु आयोगलाई आग्रह गरेकी छिन्
त्यस अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गत चैत निर्वाचन आचारसंहिता लागू भई तयारीका कार्य भइरहेकाबारे अवगत गराएका थिए।-रासस





प्रतिक्रिया दिनुहोस