निर्मल पोखरीमा श्रृजनशिल महिला समुहद्धारा सरसफाई
693 Views
पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. २१ निर्मल पोखरी स्थित अभियान टोलमा श्रृजनशिल महिला समुहको अगुवाइमा बुधवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
२०७७ सालमा स्थापना भएको उक्त महिला समुहले हरेक महिना नियमित सरसफाई गर्दै आएको समुहकी अध्यक्ष हरिमाया गिरीले वताइन् ।
समुहले महिला बहुउद्देश्यीय भवन, श्रृजनशिल महिला भवन वरपर तथा कृस्ती निर्मलपोखरी भरतपोखरी मुख्य सडकको दायाँवायाँ सरसफाई गर्नुका साथै टोलवासीमा फोहर व्यवस्थापन सम्बन्धि सचेतना कार्यक्रम गरेको थियो ।
पोखरा तथा हिमालय श्रृङ्खलाको मनोरम दृश्य देख्न सकिने, पर्यटनको अत्यन्तै सम्भावना वोकेको सो स्थानमा समुहले गण्डकी प्रदेश सामाजिक विकास कार्यलयले विनियोजन गरेको ५० लाखले २ तले सामुदायिक भवन वनाउन सफल भएता पनि भवन तथा कार्यलयको लागि आवश्यक फर्निचर लगाएतका सामाग्रीहरुको अभाव रहेको अध्यक्ष गिरीले वताउँदै उनले समुहले आफ्नै सहकारी स्थापना गर्ने सोच राखेको पनि वताइन् ।





प्रतिक्रिया दिनुहोस