सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खातामा मासिक ८.०३५ वार्षिक ब्याजदर
567 Views
काठमाडौँ, २१ वैशाख खोज मिडिया । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक ८.०३५ ब्याज दिनेगरी “प्लाटिनम प्लस” नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।
बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकहरू माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ । आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी पाउने भएको छ ।
यस्तै, प्रायोरिटी बैंकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५०% को छुट, “पहिलो वर्षको लागि” पहिलो वर्ष निःशुल्क, डेबिट कार्ड, इन्टरनेट बैंकिङ जस्ता सुविधा पनि प्रदान गरिने बैंकले जनाएको छ । सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरूबाट सहजै यो खाता खोल्न सकिने जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस