जसपा र एकीकृत समाजवादीबीच चुनावी माहोल
509 Views
सिरहा, २१ वैशाख खोज मिडिया । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सिरहाको गोलबजार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच मेलामिलाब भएको छ ।
एकीकृत समाजवादीको तर्फबाट गोलबजार नगरपालिकामा कुनैपनि उम्मेदवार नरहेकाले उक्त पार्टीले जसपालाई सहयोग गर्ने भएको हो ।
जसपाका नगर अध्यक्ष हरी नारायण यादव र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष हिरालाल सिंहद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा एकीकृत समाजवादीले जसपालाई सहयोग गर्ने जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस