बुझ्नेहरू नबुझे जस्तो गर्छन्, नबुझ्नेहरु अरुको झोला बोक्छन् यसरी कत्ति दिन चल्छ जीवन, “आराम तामाङ्ग”
960 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । आफ्नो जन्मभुमि नेपाललाई प्राण भन्दा प्यारो ठान्ने, आँफु दु;ख गरि गरिब, दुखि, पिडितहरुलाई सहयोग गर्ने भावाना बोकेर राजनीतिमा लागेका युवा व्यवासायी आराम तामाङ्ग यतिबेला जन्ता र देशको लागि केहि गर्नुपर्छ भन्ने तल्लिनमा छन् ।
आराम तामाङ्ग राप्रपा नेपाल पार्टीको राष्ट्रिय अध्य्क्ष थिए भने यतिबेला उनि राप्रपा नेपालको सहमन्त्रीमा मनोनयन भएको छ । उनको जन्म धादिङ्ग जिल्लामा भएता पनि जन्म दिने बुबाले २०४४ सालमा उनको उमेर जम्मा ६/७ वर्षको हुँदा तराईमा लगेका रहेछन् । उनिले तराईमा नै बाल्यकाल बिताएका रहेछन् । सानै उमेरदेखि अरुको भलो चाहाने, अरुको दु:ख देख्न नसकिने, हिंसामा परेको व्यक्तिलाई उद्दार गर्ने आँफु भन्दा सानोलाई माया ठुलोलाई सम्मान गर्ने एवम समाजसेवी आराम तामाङ्गको स्वभाव थियो ।
उनि आफ्नो बयान आँफैले गर्न रुचाउदैनन् । उनले आँफ्नो बारेमा आँफैले भनेर भन्दा पनि अरुले उसले गरेको हरेक कार्यहरुलाई देखेर उनलाई चिनोस र उनको स्वभावलाई बुजोस भन्ने चाहना उनीमा रहेको बताउँछन् । उनि भन्छन् , “राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्नुस मेरो कामहरुलाई” समाजमा भएको विकृति, विसंगतिहरुलाई निर्मुल बनाउन चाहने उनको स्वभाव अहिले पनि उस्तै देखिन्छन् ।
“फिल्म हलमा फिल्म हेर्न जाँदा पनि फिल्मको कथामा अरुलाई दमन गरेको वा हिंसा गरेको देख्दा पनि सहन नसक्ने उनको त्यो खालको स्वभाव वास्तविकतामा पनि त्यस्तै हिं’सा,अ’त्यचा’र, अ’न्या’य हुन नदिन उनि लागि परेको बताउँछन ।” उनि एक तामाङ्ग जाति भएकोले गर्दा धेरै जसो तामाङ्ग जातिकै चिन्ता बढी लाग्ने बताउँछन् । बुद्ध भगवानको ज्ञानलाई मनन गर्दै आंफुले राम्रो काम गर्न खोज्दा आफन्तले नै खुट्टा तान्न खोज्नेलाई शक्तिको रुपमा हेर्ने उनको स्वभाव रहेको छ । “दुई दिनको जिन्दगानीमा किन आरिस ? किन अहंकार ? किन वि’वाद ? हांसी खुसि जिउन चाहन्छु सकेको सहयोग गर्छु, अझै पनि धेरै कार्यहरु सफल पार्नुछ , कसैलाई दु:ख नहोस, कसैले नकारात्मक कार्य नगरोस सबैको भलो देख्न चाहन्छु,” तामाङ्गगले भने ।
अबको दिनमा पनि तामाङ्ग समुदायको युवायुवतीहरुको लागि केहि गर्नुपर्छ भन्ने सोच लिएर अगाडी बढिरहेको उनि बताउँछन् । “अन्य जातिहरु भन्दा तामाङ्ग जातिहरु पिछडिएको देख्दा मनले मान्दैन। तामाङ्ग जातिहरु अरुको भारि बोकेर नोक्कर जस्तो बनेर हिडेको देख्दा आखाँ रसाउँछ मेरो, कहिले सम्म तामाङ्ग जाति पिछडिएर बस्नुपर्ने हो ? बुझ्नेहरू नबुझे जस्तो गर्छन्, नबुझ्नेहरु अरुको झोला बोक्छन् यसरी कत्ति दिन चल्छ तामाङ्ग जतिको जीवन ?” आरामले भने । “बाचुन्जेल आँफु भन्दा कम्जोर व्यक्तिहरुको लागि केहि गर्न चाहान्छु यो नै बुद्ध धर्म हो उनि भन्छन् ।”
तामाङ्ग जातिहरु बुद्धको शन्तान भनिन्छ तर बुद्धको पाँच तत्व ज्ञानलाई पालन नगरेको भन्दै उनिले चिन्ता व्यक्त गरे । आँफ्नो समुदायमा रहेको जुनसुकै जातजातिको रहेता पनि आँफु जस्तै निर्दोस व्यक्तिहरुको लागी सकेको सहयोग गर्ने उनको सपना र उद्द्येस्य रहेको बताए ।





प्रतिक्रिया दिनुहोस